रिबन

भीम रावललाइ जाेडकाे झडका-गृहजिल्ला मै नराम्राे हार

काठमाण्डाैं । चितवनमा पार्टीकाे अध्यक्ष पदमा पराजित भीम रावललाइ अर्काे पनि झडका लागेकाे छ।भर्खर सम्पन्न जिल्ला अधिवेशनमा अछाममा उनी पक्षधर जिल्ला अध्यक्षका उम्मेदवार पराजित भएका छन। अधिवेशनमा रावल पक्षका अध्यक्षा उम्मेदवार प्रकाशवहादुर शाह केपी अेाली पक्षका उम्मेदवारसंज पराजित भएका हुन। रावल पक्षका शाहले जम्मा ३सय ७ मत ल्याए भने संस्थापन पक्षका चन्द्रवहादुर वाेहराले ४३१ मत ल्याएर चुनाव विजयकाे माला पहिरेका छन।

यस्तै उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय ६ मत ल्याएर विजयी भएका छन भने सचिवमा भीमबहादुर रावल (कालोटोपी) चारसय ५३ मत ल्याएर विजयी भए । यस्तै दुई उपसचिवमा डम्बर वीसी र प्रेम महर विजयी भएका छन । तीन दिनसम्म सर्वसम्मतिको प्रयास गर्दा सहमति नभएपछि निर्वाचन प्रक्रिया अपनाईएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *