काठमाण्डाैं । नेकपा एमालेले भारतले लिपुलेकमा वनाइरहेकाे वाटाेमा सरकार मानै वस्नु सन्देहास्पद रहेकाे वताएका छ।एमाले विदेश विभाग प्रमुख राजन भटटराइले वक्तब्य जारी गर्दै सरकारलाइ सवै खालका वल मिच्याइ राेक्न सार्थक पहल गर्न माग गरेकाे छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले लिपुलेकमा बाटाे वनाइरहेकाे वताएपछि याे विषय पुन सतहमा छ।भारतले एकतर्फी रूपमा लिपुलेकमा नक्सामा पारेपछि यसकाे प्रतिवाद गर्दै नेपालले नयाँ नक्सा जारी गरेकाे थियाे।संविधान नै संशाेधन गरेर नेपालले लिपुलेक देखि लिम्पियाधुरासम्मकाे जमिन नेपालकाे हाे भनेर दावी प्रस्तुत गरेकाे छ।तर,पनि जमिनकाे भाेगचलन भने नेपालले गर्न पाएकाे छैन।




