काठमाडौं।नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ।
उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए। उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए। ‘कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ’, न्यौपानेले भने।
नारायणहिटी दरबार सङ्ग्रहालय भित्र बतास समूहलाई क्याफ्टएरिया बनाउन जमिन भाडामा दिने विषयमा छानविन गर्न गठन भएको समितिले दाहाललाई दोषी देखाएको थियो।




