काठमाण्डौं । नेकपा एमालेका नेता भीम रावलले मन्त्रीका कुरा नपत्याउने वताएका छन । मन्त्री र प्रधानमन्त्रीले सम्पत्ति विवरण समेत सार्वजनिक नगरेको भन्दै उनले त्यस्ता ब्यक्तिको वाँकी कुरा नपत्याउने वताएका हुन । उनले भनेका छन– प्रमं र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानूनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउनेरु विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रष्ट छ।




