रिबन

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको हो ।

‘पौष महिनामा संकलित जम्मा ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ पत्ता लागेको २४ स्याम्पलहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।’ मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *