काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले पौष १९ गते सोमवार दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु लाई निमन्त्रणा गरिएको छ ।
बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार टुंगो लागाउने विषयमा छलफल हुने बुझिएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । मनोनयनसँगै काँग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ। विधानमा काँग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ । बाँकी संख्या मनोनयन हुन बाँकी छ ।
१४ औं महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समिति दोश्रो पटक बस्न लागेको हो ।





