रिबन

पाैडेलकाे प्रतिकुलता र देउवाकाे अनुकुलता

पाच बर्षसम्म सभापति भएर नेपाली कांग्रेस जस्तो पार्टी हाकिसकेका शेरवहादुरलाइ देउवालाइ अचेल वारम्वार प्रश्न गर्न थालिएको छ–फेरि किन सभापति वन्ने ? वालुवाटारको ठुलो कक्षमा देउवाले भने–म अझ राम्रो काम गर्न चाहन्छु ।उनले अहिले भएको कामबाट आंशिक खुशी ब्यक्त गरे । तर,पुरा काम गर्न नसकेकोमा उनको मुहारमा क्षोभ थियो । सुत्रमा वोल्ने देउवाले विस्तारपुर्वक भने–कांग्रेसले चुनाव जित्ने आधार तयार पारिसकेको छु । संविधान कार्यान्वयनको काम अलपत्र थियो र प्रणाली नै जान्छ कि भन्ने भय थियो,यसलाइ सही ट्रयाकमा ल्याएको छु ।

महाधिवेशन लगत्तै भटाभट चुनाव हुन्छ,यदि अहिले नै म सभापतिबाट हटें भने कसले यो कार्यभार पुरा गर्छ ? अब उनी अलि चिन्तित देखिए । उनले थप भने–यहा कुरा पार्टीको मात्र छैन,राष्ट्रको छ । र,यो मेरो अन्तिम पटक हो । अब कुनै लोभ छैन।वालुवाटारमा यो साताको सुरुवातमा पत्रकारहरुसंग भेटदा उनले यसरी वोलेका थिए ।वालुवाटारबाट वाहिर निस्किएर हेर्दा कांग्रेस जस्तो पार्टीमा वाकपटुता भएको देखिने,सुनिने नेता नै चाहिने हो त ? भन्ने प्रश्नले मन खायो । यसरी हेर्दा झट्ट सम्झिएँ –सुशील कोइराला । उनमा के वाकपटुता थियो । तर,संविधान जारी गरे ।

उनी भन्दा पुष्पकमल दाहाल,वावुराम भटटराइ,माधव नेपाल,केपी ओली जस्ता नेता थिए,तर किन तिनले संविधान जारी गर्न सकेनन ? सुशील कोइरालाको कुरा हुदा एकपटक वलवहादुर केसीले भनेका थिए–या ेदेश टाठो वाठोले चलाउन सक्दैन । हेर्दा लुम्रे,सरल,साधारणले नै देश हाँक्छन,हेर्दै जानु होला । नभन्दै तिनै सुशील लिपुलेक मिच्दा भारत र चिनलाइ पत्र पठाएर अडिए । तिनैले भारतको चाहना विपरित संविधान जारी गरे ।

र,टाठो वाठो,धुर्त भनेर चिनिएका केपी ओलीले झण्डै संविधान नै भर्सेलामा पारेको बेलामा जम्मा प्रत्यक्षमा २३ सिट जितेको नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधनमन्त्री भए । उनी वुढानिलकण्ठमा वसिरहेका थिए । यिनै रामचन्द्र पौडेललले देउवाले प्रधानमन्त्री खाएनन भनेर मौका गुमाएको,पार्टीलाइ गुमराहमा राखेको भनेर आलोचना गरे । यति भन्दा पनि देउवा पख्नुस,वेला भएको छैन,हाम्रो संख्या नै छैन भन्दै थिए । अर्थात,नेपाली राजनीतिको र अन्र्तराष्ट्रिय चालको नशा नशा छामेका देउवा सहि समयको पर्खाइमा थिए । उनलाई प्रधानमन्त्री वनाएपछि प्रचण्डलाइ सोधियो–देउवालाइ किन प्रधानमन्त्री वनाउनु भएको ? उनले भने–ओली संविधान फाल्न लागे,देउवाले संविधान जोगाउन अग्रसरता लिए । हामीले अग्रगमन रोज्यौं ।

तर,आज आफनै पार्टीको सरकार हुदा डा.शेखर भन्दैछन–हाम्रो सरकार छ भन्दैछन तर मैले देखेको छैन । अहिले तिनै शेखर सभापतिको साझा उम्मेदवार वन्न समेत सकिरहेका छैनन । संस्थापन अर्थात देउवा पक्षमा सभापति को वन्ने भन्ने वहश नै छैन । देउवा निर्विकल्प । तर इतर समुहमा सभापतिको साझा उम्मेदवार तय नै भएको छैन ।

यो महाधिवेशनमा देउवाको अनुकुलता के हो भने उनी गैर–कोइरालाहरुको निर्विकल्प नेता हुन । उनी नै उनको समुहको ब्यवस्थापक पनि हुन र संगठक पनि । तर पौडेलको प्रतिकुलता के हो भने उनी रामचन्द्र पौडेल समुह भने पनि यस समुहको नेता नै हुन सकेनन । तर पनि उनी वरिष्ठ नेता हुन,अरु भन्दा सिनियर छन । तर उनको टिमको परिचालन उनी गर्दैनन । यो काम प्रकाशमान सिह देखि रामशरण महत र अर्जुननरसिह केसीले गर्छन । र,यो टिममा पौडेल वरिष्ठ भएपनि यसको लिगेसी भने कोइरालाहरुमा छ । यसको असर के परेको छ भने पौडेल विरक्त भएर कहिले सन्यास लिन्छु भन्छन त कहिले मोवाइल अफ गरेर वस्छन ।

यति छिन्न भिन्न भएको टिमले देउवासंग कसरी भिडछन ? वोलेर मात्र हुदैन,नेतृत्व दिन सक्नुपर्छ । के पौडेलमा त्यो आँट छ ? किन उनलाइ अन्य नेताहरु चिकन हार्टेड भन्छन ? वास्तवमा भन्ने हो भने पौडेललाइ नेता नमानेको शेरवहादुर देउवाले होइन,पौडेल कै टिमले हो । उनलाइ शेखर देखि प्रकाशमानसम्मले नेता मान्न छाडिसके । र,उनीहरु ननरिटर्निङ्ग प्वाइन्टमा पुगिसके । अव नतिजाको मात्र प्रतीक्षा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *