रिबन

डा.शेखरकाे नयाँ अडान : एक पटक,यसैपटक !

काठमाण्डाैं । नेपाली कांग्रेसकाे महाधिवेशनले राेचक माेड लिएकाे छ।पार्टी सस्थापनइतर समुहमा सहमतिकाे लागि अनेक प्रयाश भइरहदा अचानक डा.शेखर काेइरालाले नया संकेत दिएका छन।

समुह भित्र डा.शेखर र प्रकाशमान सिहकाेविचमा सहमति जुटाउन संस्थापनइतर समुहमा टाेली नै वनाइएकाे छ।तर,याे समुहले काम पुरा नै नगर्दै सभापतिकाे दावेदार डा.शेखरले भर्खर नयाँ अडान प्रस्तुत गरेका छन।उनले फाेटेा सहित जारी गरेकाे नया अडानमा प्रष्ट भनिएकाे छ-एक पटक,यसै पटक।

उनकाे याे अडानले पाैडेल समुहमा सहमतिकाे सम्भावना न्युन छ भनेर संकेत दिएकाे छ।सहमितकाे लागि भएकाे प्रयाशमा रामचन्द्र पाैडेल अन्याय नगर्न पटक पटक गरेकाे अनुराेधलाइ पन्छाउदै डा.शेखरले यस्ताे पाेष्टर सार्वजनिक गरेका हुन।उनले याे पाेष्टर फेसवुक र टिवटर पेज मार्फत सार्वजनिक गरेका छन।उनकाे याेअडानले अब पाैडेल समुहमा भन्ने सहमति,गर्ने अलग अलग उम्मेदवारी भन्ने सन्देश दिएकाे छ।काेइराला वंश विरासत फर्काउने साेचका साथ अघि वढेका डा.शेखरलाइ डा.शशांक र सुजाताकाे साथ देखिन्छ तर प्रकाशमान सिह भने निकै अघि वढेकाे छन।उनले वारम्वार जहिले पनि गणेशमान सिहकाे परिवारले मात्र त्याग गर्नुपर्ने हाे र ? भनेर प्रश्न गर्ने गरेका छन।उनकाे याे प्रश्नमा नै सहमति हुदैन भन्ने उत्तर लुकेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *