रिबन

म सवैभन्दा वलियो छु,सभापतिमा सहयोग गर्नुस–देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति पदमा उठने घोषणा गरेका छन ।
सोमवार वालुवाटारमा पत्रकारहरुसंग पार्टी महाधिवेशनमा मात्र केन्द्रित भएर संक्षिप्त अन्र्तक्रिया गर्दै सभापति पदमा उठने भएकाले सहयोग गर्न आग्रह गरे । उनले अहिले सभापति र प्रधानमन्त्री भएको भन्दै अब एक पटक सभापति वन्न मन लागेको वताए । उनले अब सभापति जिते हरेक हप्ता पार्टी कार्यालयमा गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिवद्धता पनि जनाएका छन । उनले भनेका छन–यो मेरो अन्तिम पटक हो । फेरि उठन पनि मिल्दैन । र,अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ ।
उनले सवै तहको चुनाव कांग्रेसले गराउने अवस्थामा रहेको भन्दै सभापति हारेर प्रधानमन्त्री भएर चुनाव गराउदा नैतिक वल नहुने पनि वताए ।
उनले पार्टी भित्रको आन्तरिक चुनावमा आफु सवैभन्दा वलियो भएको अहिलेको चुनावले देखाएको पनि वताए । उनले पार्टी भित्रका नेताहरु कसैको पनि आलोचना गरेनन । कसैको नामै नलिइ उनले कांग्रेस भित्र धेरै नेता भएको वताए ।
नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको वताउदै उनले यो कम्युनिष्ट वा दक्षिणपन्थी वाटोमा नजाने वताए । उनले भने–मै हिन्दु हो, ८० प्रतिशत जनता हिन्दु छन तर के गर्ने मैले भनेर मात्र नहुदो रहेछ । संविधान संशोधनको लागि दुइ तिहाइ चाहिन्छ । कराएर मात्र हुदैन ।
सभापति देउवाले एमालेले जस्तो तडकभडक पनि नगर्ने वताए ।

उनले कोरोना भएकोले अहिले कांग्रेस झापा देखि मान्छे ओसार्ने तहमा छैन । उनले भने–मैले त मान्छे ओसोर नल्याउ भनेको छु । वेकारमा किन दुख दिने ? अवस्था ठिक छैन । अर्को कुरा,पार्टीको आन्तरिक चुनावमा भिड जम्मा गरेर के को शक्ति प्रदर्शन ? यो गर्ने पक्षमा म छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *