रिबन

अर्काकाे पार्टीकाे चिन्ता हामी नगराैं,आफनाे पार्टी वनाउन लागाैं-देउवा

काठमाण्डाैं।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले अर्काे पार्टीकाे चिन्ता गर्नतिर नलाग्न कार्यकर्तालाइ निर्देशन दिएका छन।मंगलवार राजधानीमा भएकाे कार्यक्रममा सभापति देउवाले अर्काकाे पार्टीकाे चिन्ता उनैलाइ गर्न दिउँ भन्दा हलमा जाेडदार ताली वजेकाे थियाे।उनले कार्यकर्तालाइ अपिल गर्दै भने-हामी हाम्राे पार्टी कसरी राम्राे वनाउने भन्ने तिर साेचाैं,उनीहरूकाे पार्टीाकाे चिन्ता उनीहरूले नै गर्छन।

पछिल्ला दिनमा ब्यवहारिक र तिताे सत्य वाेल्दै आएका सभापति देउवाले नेपाली कांग्रेसे अर्न्तघातले विग्रेकाे वताएका छन।निर्णय हुनुअघि वहश भएपनि निर्णय भएपछि यसलाइ मान्नुपर्ने सवैकाे कर्तब्य भएकाे उनले वताए।तर निर्णय नमान्ने र अरूलाइ अर्न्तघात गर्ने कांग्रेसमा चलन भएकाे उनले वताए।

सभापति देउवाले अब नेपाली कांग्रेसलाइ नै सवल,वलियाे र दरिलाे वनाउनतिर लाग्न सवैलाइ अपिल गरेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *