रिबन

एमाले पछि राप्रपामा भालेभिडन्त : लिङदेनलाइ लाेहनीकाे समर्थन, राणा किन पछि हटे ?

काठमाण्डाैं।तिन दिनमा सक्ने भनिएकाे एमाले महाधिवेशन दुइ दिन लम्विएर मंगलवार सकिएकै दिन पुर्वपञ्चहरूकाे दल राप्रपालाइ महाधिवेशन लागेकाे छ।

वुधवार देखि राप्रपाकाे महाधिवेशन राजधानी काठमाण्डाैंमा हुदैछ।एमालेमा नया पुस्ता कि पुरानै भन्ने वहश चलेर पुन केपी शर्मा अेाली नै निर्वाचित भएका छन।एमाले महाधिवेशनमा पुगेर अेाली नै पुन अध्यक्ष जितुन भन्ने चाहना राखेर फर्किएका कमल थापालाइ पक्कै पनि एमाले अध्यक्ष केपी अेालीले पनि यहि शुभेच्छा दिनेछन।

तर,राप्रपामा कमल थापा नै पुन अध्यक्ष हुनेछन वा युवा पुस्ताका राजेन्द्र लिङदेन भन्ने वहश सुरू भएकाे छ।प्रत्यक्ष निर्वाचन जित्ने एक मात्र उम्मेदवार लिङदेनलाइ राप्रपाका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लाेहनीले साथ दिएका छन।उनले लिङदेनलाइ मद्धत गर्न अपिल पनि गरेका छन। तर,अर्का अध्यक्ष पशुपति शमशेर राणाा भने माैन वसेका छन।उनी न थापा न लिङदेन कतै खुलेका छैनन।तर,पशुपति शमशेर राणा नखुलेपनि नेपालगञ्जमा राम्रै काम गरिरहेका धवलशमशेर राणााले भने लिङदेनलाइ सहयाेग गरेका छन।राप्रपामा पशुपति शमशेर र डा.प्रकाशचन्द्र लाेहनी विच मधुर सम्वन्ध छैन।यसैकारण लाेहनीले लिङदेनलाइ च्याप्दा राणा माैन छन।

लिङदेन अध्यक्ष भए जनजाति राप्रपाकाे अध्यक्ष भएकाे पहिलाे घटना हुनेछ। यता,थापाले भने टुँडिखेल दाैडाैं जसले जित्छ,उहि अध्यक्ष भनेर अनाैठाे प्रस्ताव राखेका छन।वुधवार देखि हुने महाधिवेशन १७ गते सम्पन्न हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *