रिबन

एमाले महाधिवेशनः मतदान सकियाे, अबकाे चार घण्टामा नतिजा

चितवन । नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ ।

दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।

अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *