रिबन

लालवावुकाे लाल निर्णय-अव साधारण सदस्य मात्र रहन्छु

काठमाण्डाैं । नेकपा एमालेका नेता लालवावु पण्डितले केन्द्रिय सदस्य पद अस्विकार गरेका छन ।

कुनै समय माधव नेपालका एक्का भएका पण्डित पार्टी विभाजन हुदा अचानक केपी अेालीतिर लागेका थिए।तिनै पण्डितलाइ पार्टी महाधिवेशनमा कुनै महत्वपुर्ण पद हात लागि नभएपछि प्राप्त केन्द्रिय सदस्य पद अस्विकार गरेका छन।उनले अब पार्टीकाे संगठित सदस्य मात्र रहने जनाएका छन।

चितवनकाे साैराहमा जारी महाधिवेशनमा पण्डितले समकक्षी नेताहरूले ठुलाेपद प्राप्त गरेपछि ठुलै महत्वाकांक्षा पालेका थिए।यसमाथि पार्टी विभाजन हुदा माधव नेपालकाे साथ छाेडेर अेालीलाइ साथ दिएकाे थप गुण थियाे।यी दुइ गुणले अेाली पग्लिन्छन र ठुलै पद दिन्छन भन्न उनकाे अपेक्षा थियाे तर अेालीले जारी गरेकाे पद वितरणमा उनकाे नाम केवल केन्द्रिय सदस्यमा मात्र रहेपछि उनले साे पद पनि अस्विकार गरेकाे वताएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *