रिबन

इश्वरले वकिलले पार्टी चलाउँछ ? भनेपछि साैराहमा नयाँ हंगामा

काठमाण्डाैं । मंसिर १० गते महाधिवेशन सुरू गरेर १२ गते सिद्धयाउने भनेर साैराह पुगेकाे नेकपा एमालेमा नया लफडा सुरू भएकाे छ ।जसरी पनि सर्वसम्मत नेतृत्व चयन गर्ने उदेश्य सहित साैराह पुगेका एमाले अध्यक्ष केपी अेालीलाइ भीम रावलाइ भन्दा सुवास नेम्वाङ र इश्वर पाेखरेललाइ मिलाउन हम्मेहम्मे परेकाे छ।

सहमतिकाे नजिक पुगेकाे एमालेमा वरिष्ठ उपाध्यक्ष नभइ नछाडने अडानमा रहेका पाेखरेलाइ नेम्वाङले चुनाैती दिएपछि पाेखरेल रिसाएका छन। अध्यक्ष अेाली वाहेक अरूलाइ नेता मान्दिन भनेर नेम्वाङले सन्देश पठाएपछि पाेखरेल रिसाएका छन।पाेखरेलले यसपछि वकिल(सुवास नेम्वाङ)ले पार्टी चलाउँछ भनेर जवाफ लगाएका थिए।उनकाे याे जवाफ पछि नेम्वाङ पनि रिसाएका छन।उनले यसपछि कि दुइ वरिष्ठ उपाध्यक्ष राख्न नत्र चुनाव गर्नु पर्ने माग राखेका छन।

दुइ नेता विच भएकाे याे मत भिन्नताले झन तनाव भएकाे छ।दिनभर चुनाव गरेर नतिजा निकालेर साैराहबाट फर्किनुपर्ने वेलामा अहिलेसम्म कुनै सहमति भएकाे छैन । न सहमति न चुनावकाे अवस्था हुदा कार्यकर्ता निराशा छाउन थालेकाे छ।तर अेाली भने सहमतिकाे लागि अझै वार्तामै छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *