काठमाण्डाैं । चितवनमा भइरहेकाे महाधिवेशनमा सक्रिय रहेका नेकपा एमालेका नेता भीम आचार्यलाई काेराेना संक्रमण भएपछि अस्पताल लगिएको छ ।
उनी सौराहास्थित होटल सेभेन स्टारमा काेराेना संक्रमण भएकाे पुष्टिभ एपछि आइसोलेसनमा बसेका थिए । आइसोलेसनस्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको छ ।




