रिबन

भीम रावलकाे चुनाव प्रचार गर्नेलाइ लखेटियाे

काठमाण्डाैं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र परिसरबाट अध्यक्षका दाबेदार भीम रावलको पर्चा वितरण गर्ने कार्यकर्ताहरुलाइ महाधिवेशस्थबाट निकालिएकाे छ।उनीहरूकाे हातबाट पर्चा पनि खोसिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुको हातबाट एमाले स्वयंसेवकहरु पर्चा खोसेको बताईएको छ ।

आचारसंहिताविपरीत भएको भन्दै रावलको पर्चा खोसिएको हो । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *