काठमाण्डाैं । सरकारमासंगै रहेकाे नेकपा एकिकृत समाजवादीले नेपाली कांग्रेससंग चुनावी गठवन्धन नहुने निष्कर्ष निकालेकाे छ। ठुलाे दल र ठुलाे संगठन भएकाे कांग्रेससंग देशभर तालमेल हुन नसक्ने ठम्याइ उसकाे छ ।
नेकपा एकिकृत समाजवादी स्राेतका अनुसार,चुनावमा वामपन्थी दलहरूकाे विचमा नै गठवन्धन हुनेछ।नेकपा माअेावादी केन्द्र,राष्ट्रिय जनमाेर्चासंग तालमेल गरेर चुनाव लडने साेचमा अव एकिकृत समाजवादी पुगेकाे छ। कांग्रेसकाे साेच,संगठन र मतदाता वाम दलकाे भन्दा पृथक रहेकाे भन्दै माधव नेपालले नेतृत्व गरेकाे दलले वाम दलसंग नै मिल्ने निष्कर्ष निकालेकाे हाे। तर केही निश्चित स्थानमा भने तालमेल गर्ने साेचमा एकिकृत समाजवादी रहेकाे छ।
सरकारमा संगै भएपनि नेपाली कांग्रेसका नेताहरूले चुनावी तालमेल हुन नसक्ने कुरा वारम्वार वताउने गरेका छन।उनीहरूले निश्चित क्षेत्रमा तालमेल गर्न सक्ने संकेत दिएका छन।चितवन लगायतका कतिपय जिल्लाका कांग्रेसका नेताहरूले वाम दल संग मिल्नै नसकिने वताउदै हिडेका छन।यसले कांग्रेसकाे स्थानीय मत वुझनकाे लागि सहज भएकाे छ।गत निर्वाचनमा माअेावादीसंग चितवनमा तालमेल गरेकाे कांग्रेसले राम्राे नतिजा पाउन सकेन।




