काठमाण्डाैं । नेकपा एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन।शुक्रवारबाट प्रारम्भ हुने महाधिवेशनमा देउवाले शुभकामना मन्तब्य दिनेछन। एमालेले संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई उद्घाटन समारोहमा निम्तो गरेको थियो।यस मध्येका कांग्रेस सभापति शेरवहादुर देउवा उदघाटनमा जाने तय भइसक्याे भने एमालेकाे दशाैं महाधिवेशनकाे उदघाटन सत्रमा नेकपा माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नजाने भएका छन।तिन वर्ष अघि पार्टी एकता नै गरेर एउटै दल र उसकाे नेतृत्वमा सरकार समेत वनेकाे थियाे तर यसबाट अलग अलग भएकाे एमालेकाे महाधिवेशनमा प्रचण्डले नजाने खवर गरेका छन।उनकाे ठाउमा नारायणकाजी श्रेष्ठ जाने वताइएकाे छ।यता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरू आउने जानकारी गराएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि कार्यक्रममा सहभागी हुने निश्चित गरेको पार्टीद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो।
एमालेले उदघटन सत्रमा भारतका राजनीतिक दललाइ पनि निम्ता गरेकाे छ।त्यहाबाट दुइ जना नेताले भाग लिने वताइएकाे छ।यसैगरि एमालेले चिनलाइ पनि उदघटन समाराेहमा भाग लिन निम्ताे गरेकाे थियाे । तर चिनबाट काेही पनि नअाउने वुझिएकाे छ।




