काठमाण्डाैं।नेकपा एमालेकाे चितवनमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधि नेतालाइ भब्य भाेजकाे ब्यवस्था गरिएकाे छ।चितवनबाट प्राप्त एमाले महाधिवेशनकाे मेनु अनुसार हरेक छाक मासु भातकाे ब्यवस्था गरिएकाे छ।
सर्वहारा वर्गकाे अधिनायकत्व स्थापित गर्न गठन भएकाे कम्युनिष्ट पार्टी एमालेमा पुजिपतिकाे भाेजन ब्यवस्था गरिएकाे छ।एमालेकाे भाेजमा विहानकाे खानामा दस थरि परिकार राखिएकाे छ।यस्तै,साँझकाे खानामा पनि दस थरि नै परिकार राखिएकाे छ।
चितवनकाे नारायणी तिरमा उदघाटन गरेर पर्यटकीयस्थल साैराहमा गरिने वन्द सत्र र कार्यसमितिकाे चुनावमा नेताहरूलाइ यति भब्य भाेजकाे ब्यवस्था गरिएकाे हाे ।
पहिलाे दिनकाे विहानकाे खानामा दाल,भात तरकारी मात्र हाेइन,मटन,चिकने र फिस फ्राइसमेत राखिएकाे छ।यतिवेला डेजर्टकाे रूपमा फ्रुट कर्ड राखिएकाे छ।यता साेही दिन साँझकाे खानामा पनि मासुकाे परिकार प्रशस्त राखिएकाे छ। यतिवेला मसरूम मटर देखि नामै नसुनिएकाे वेवी फिस फ्राइसम्म राखिएकाे छ।र,डेजर्टकाे रूपमा सावुदाना राखिएकाे छ।
भाेलिपल्ट १२ गते भने दाल भातकाे अतिरिक्त विभिन्न किसिमका मासु र अालु,तामा वाेडीकाे तरकारी पनि राखिएकाे छ। यतिवेला डेजर्टमा भने सेवइ राखिएकाे छ।एमालेले महाधिवेशनकाे लागि भनेर करिव ५ कराेड रूपैयाँ छुटयाएकाे छ।




