रिबन

भीम रावलको प्रश्न- अन्तर पार्टी निर्देशन झापामा लागु हुने सुदूरपश्चिममा किन नहुने ?

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुन लागेको सुदुरश्चिम प्रदेश प्रदेश कमिटीको बैठकको विरोध गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले सुदूरपश्चिम प्रदेश प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको बताएका छन् ।

उनले यस बैठकलाई गुटबन्दीको नमुनाको संज्ञा दिएका छन् । साथै नेता रावलले अन्तर पार्टी निर्देशन १२ झापामा लागु हुने तर सुदुरपश्चिममा लागु नहुने किन ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-

आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सुदुरपश्चिममा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *