काठमाण्डाैं। नेपालकाे न्यायालय लथालिंग भएकाे बेलामा प्रधानमन्त्री शेरवहादुर देउवा किन वेलायत भ्रमणमा गए ? भनेर नेपाली कांग्रेस कै नेताहरूले प्रश्न उठाएका थिए।उनीहरूले याे भेलामा प्रधानमन्त्री जान जरूरी थिएन भनेर प्रश्न उठाएका थिए तर,जब वेलायतमा पुगेका प्रधानमन्त्री शेरवहादुर देउवाले त्यहाँ पुगेका विश्वका नेताहरूसंग भेट गरे र तस्वीर सार्वजनिक भए तब देउवाकाे प्रशंशा हुन थालेकाे छ।
अरू त अरू स्वयम भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नै भेटकाे प्रशंशा गरेका छन।उनले नेपालीमा नै टिवट गर्दै प्रधानमन्त्री देेउवासंगकाे भेट फलदायी भएकाे वताएका छन। उनले लेखेका छन- प्रधानमन्त्री शेरवहादुर देउवा सँग भारत-नेपाल मित्रताका धेरै पक्षहरूमा फलदायी छलफल भयो। विश्वव्यापी महामारी विरुद्ध लड्न र दिगो विकास प्रवर्द्धनसँग सम्बन्धित विषयहरू हाम्रो द्विपक्षीय मित्रताका महत्वपूर्ण आयामहरू हुन्।
माेदीसंगकाे भेटकाे वारेमा प्रधानमन्त्री शेरवहादुर देउवाले पनि भनाइ सार्वजनिक गरेका छन।अमेरिकी राष्ट्रपति देखि वेलायती प्रधानमन्त्रीसंग समेत कुइना ठाेक्काएर हसिलाे र सजिलाे अवस्थामा देखिएका देउवाले माेदीसंगकाे भेटकाे खुलेर प्रशंशा गरेका छन।देउवा प्रधानमन्त्री भएपछि माेदीसंगकाे याे पहिलाे भेट हाे । प्रधानमनत्री भएपछि पहिलाे भ्रमण नै भारतबाट गर्ने चलनकाे वर्खिलाप उनी वेलायत गए र त्यहीं उनले माेदी देखि विश्वका नेतासंग पनि एकसाथ भेट गरे ।




