रिबन

यो अदालत विगार्ने केपी ओली हुन–माधव नेपाल

काठमाडाैं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले न्यायालय गिजालेको आरोप लगाएका छन । उनले धनगढीको कैलाली पुगेर पत्रकारहरुसंग वोल्दै यो सवथोक विगार्ने केपी ओली हुन भनेर गम्भीर दोष लगाएका छन । उनले यो प्रणाली विगारेर अराजकता फैलाउने उदेश्यले ओलीले कदम चालेको उनको भनाइ छ ।

उनले भनेका छन–केपी ओलीजीले सवथोक विगार्नुभयो । र,न्यायपालिका माथि अनावश्यक रुपमा उहाँले लाञ्छना लगाउदै आउनुभयो । न्यायपालिकालाइ स्वतन्त्र ढंगले भुमिका निर्वाह गर्न दिनुपर्नेकुरा ठाउमा आफनो रिस साँध्नको लागि सवै न्यायाधिशलाइ निकाल्नुपर्छ भन्दै उहाले जुन भुमिका खेलिरहनुभएको,त्यो अत्यन्तै अनुचित हस्तक्षेपकारी र देशको सवै सिस्टमलाइ भत्काउने यो प्रवृत्तिकै उपज हो । यसैले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गर्ने होइन । त्यत्रो ऐतिहासिक फैसला गर्ने न्यायालय र न्यायाधिशमाथि आरोप लगाउनु अनुचित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *