काठमाण्डाैं । अमेरिकाका लागि नेपाली राजदुत युवराज खतिवडा नेपाल फर्किएका छन। अमेरिकाकाे लागि १८ औं नेपाली राजदूत डा. युवराज खतिवडा वुधवार कतार एयरवेजबाट नेपाल फर्केका हुन। उनी एक बर्ष भन्दा कम समय अमेरिकाको राजदुत भए । कोरोनाको महामारीकाे विचमा अमेरिकामा राजदुत भएर गएका डा.खतिवडा नेपालमा गठवन्धन सरका वन्नेवितिकै फिर्ता गरिएका राजदुतमा मध्येमा पर्दछन। उनी जम्मा ७ महिना मात्र राजदुत भएर अमेरिका वस्न पाए ।
केपी अेाली प्रधानमन्त्री हुदा अर्थमन्त्री र पछि अर्थविज्ञ भएर समेत काम गरेका डा. युवराज खतिवडालाइ यसपछि राजदुत वनाएर पठाइएकाे थियाे । अक्टोबर २०२० मा प्रधानमन्त्रि केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।
डा.खतिवडाले अमेरिका र यसका क्षेत्रहरु, र दक्षिण अमेरिकी देशहरु पनामा, कोस्टा रिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर(आवासीय राजदूतको रुपमा काम गरेका थिए ।




