रिबन

जण्डिसले थलिएपछि वैंकक उडे वर्षमान

काठमाण्डाैं । जण्डिसकाे उपचार गर्न नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन बैंकक प्रस्थान गरेका छन । केही समयदेखि कमलपित्तबाट पिडित भएका नेता पुन सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक गएका हुन। कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री पुनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताइएको छ । उनकाे साथमा पत्नी ओनसरी घर्ती पनि रहेकी छिन।

केही वर्ष अघि पनि उनी यसैगरि थलिएपछि वैंकक गएर उपचार गरेर फर्किएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *