१,
पञ्चे बाजामा
अघिपछि हिडेको
पक्ष विपक्ष
नसामा डुब्दै जाँदा
इज्जत नै उदाङ्गो ।
२,
गोरु जुधाई
मान्छेहरु रमिते
खल्लो संस्कृति
हारजित हुँदामा
बढ्न गयो शत्रुता ।
३,
भारी भो बर्षा
भिजेको जमिनमा
बीउ उम्रेछ
खुकुलो माटो भित्र
सलबलायो जरा ।
४,
बलिको बोको
उफ्रिदै चिच्याउँदा
शत्रु नै काल
बिद्रोह लुकाउँदा
निस्किएको ज्वालाले ।
५,
बिहानीतिर
बिउझिएको निन्द्रा
तर्स्यो सपना
टोलाएर बस्दामा
फुट्यो आशूको मूल ।
६,
सिरकभित्र
जाडो कोच्चिन पुग्दा
हल्लियो छाया
थिलथिलो सिरक
निसास्सिएको गन्ध ।
७,
चिसो सिरेटो
मध्यरातको निन्द्रा
सिरक खोज्दा
बिताउने कसरी
आफैमा अन्धकार ।
८,
निथ्रुक्क भएँ
हिउँद आएपछि
साटेर हिडेँ
कुर्दा कुर्दा आत्तिएँ
अनुहार सम्झेको ।




