काठमाण्डाैं।सरकारले केपी अेाली नेतृत्वकाे सरकारले नियुक्त गरेकाे राजदुत फिर्ता गर्दा जापानमा रहेकी राजदुत प्रतिभा राणा पनि फिर्ता हुने भएकी छिन।सरकारले मंगलवार १२ देशका राजदुत फिर्ता लिने निर्णय गरयाे ।यसरी फिर्ता लिने राजदुतकाे सुचीमा जापान पनि परेकाे छ। राजदुत राणा प्रधानमन्त्री शेरवहादुर देउवाकाे सासु हुन।राजनीतिक रूपमा उनी राप्रपा नेतृ हुन।
यस्तै सरकारले भर्खर मात्र अमेरिकाकाे राजदुत भएका डा.युवराज खतिवडालाइ पनि फिर्ता वाेलाउने भएका छन। यस्तै मुख्य सचिव हुदै राजदुत हुन कैफियत गरेका वेलायतका राजदुत लाेकदर्शन रेग्मीकाे पद पनि खुस्किएकाे छ।
फिर्ता हुने राजदुतकाे लिष्ट यस्ताे छ-
१) महेन्द्रबहादुर पाण्डेय (चीन)
२) डा. वंशीधर मिश्र (बंगलादेश)
३) नारदमुनि भारद्धाज (कतार)
४) युवराज खतिवडा (अमेरिका)
५) अञ्जान शाक्य (इजरायल)
६) उदयराज पाण्डे (मलेसिया)
७) दावाफूटी शेर्पा (स्पेन)
८) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
९) नीलाम्बर आचार्य (भारत)
१०) लोकदर्शन रेग्मी (बेलायत)
११) शर्मिला ढकाल पराजुली (ओमान)
१२) प्रतिभा राणा (जापान)




