काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाइ देशकै सवैभन्दा ठुलो जाली र झेली नेता भनेका छन । राजधानीमा सोमवार सुर्यनाथ यादवको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा सम्वोधन गर्दै ओली जति झुठो वोल्ने नेता नै नजन्मिएको वताएका छन । उनले अध्यक्ष ओलीको चरित्र नै वेग्लैप्रकारको भएको वताएका छन । उनले अध्यक्ष ओली घाटमा जादा पनि वाजा वजाएर जाने खालको मान्छे भएको वताए । वालुवाटारबाट वालकोट जादा अलि झुकेर जानु पर्नेमा उल्टै जुलुस सहित गएको भन्दै केपी ओलीको आलोचना गरेका हुन । अध्यक्ष प्रचण्ड आफनै दल नेकपा माओवादी केन्द्रको पनि समिक्षा गरेका छन । उनले आफनै पार्टी पनि विस्तारै एमाले जस्तै हुन थालेको हो कि भनेर चिन्ता ब्यक्त गरेका छन ।
उनले भनेका छन–माओवादी विस्तारै विस्तारै एमालेकरण हुन थाल्यो । केपी ओली जति झुठो वोल्न सक्ने नेपालमा अर्को मान्छे छैन । पद प्रतिष्ठा,गुट,ढाट,छल,भ्रष्टाचार छ त्यहाँ,एमाले भनेको त्यहि हो । नेपालको जाली झेली, नेता केपी ओली हुन भन्ने थाह हुदा हुदै पनि दस जनाले आत्मसमर्पण गरे । केपी फटाह हुन भन्ने मलाइ सिकाउने घनश्याम,योगेशहरु हुन । फेरि त्यतै गए । उनले यति भनेर माधव नेपालहरुका भने प्रशंशा गरेका छन । उनले माधवले समाजवादलाइ जोगाउने र पुर्नजागृत गर्ने काम गरेको वताएका छन ।




