काठमाडौं । सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
संसद अवरोध कायमै रहेपछि सभामुख सापकोटाले भोलि सर्वदलीय बैठक आह्वान गरेका हुन् । आजको संसद बैठक समेत एमालेले अवरोध गरेपछि सभामुख सापकोटाले वार्तामा आउन आह्वान समेत गरेका थिए ।
संविधान र कानूनअनुसार संसदको कारबाही सञ्चालन गरिरहेको बताएका सभामुख सापकोटाले भोलिका लागि बैठक बोलाएका हुन् । बैठक भोलि साढे २ बजे ल्होत्से हलमा बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।




