काठमाण्डौं । तामझाम सहित एमाले छाडेका वामदेव गौतमकी श्रीमती तुलसा थापा एमाले संसदीय दलको वैठकमा सहभागी भएकी छिन । एमाले विभाजना हुदा यदाकदा माधव नेपाल समुहमा लागेपनि उनी वुधवार बसेको एमाले संसदीय दलको वैठकमा सहभागी भएकी छिन । उनी वैठकमा पुगेपछि एमाले संसदीय दलका नेताहरु नै छक्क परेका थिए । कुनैबेला राजावादी राजनीति गरेकी कोमल ओलीले त उनीसंग फोटो खिचेर सामाजिक सञ्जालमा समेत हालेकी छिन । तर,उनी एमाले संसदीय दलको वैठकमा सहभागी भएपनि उनी माथिको शंका भने यथावत छ । श्रीमानले पार्टी छाडदा पनि उनी किन एमालेमै वसिन त ? कतै यो वामदेव गौतमको अर्को चाल त हैन ? के वामदेव गौतम फेरि एमाले फर्कने सुर त हैन ? यस्ता प्रश्न अनेकौं कोणबाट उठेका छन ।
एमालेका जनप्रतिनिधिले पार्टी रोज्न पाउने समय सिमा सकिएको भोलिपल्ट उनले एमाले संसदीय दलको वैठकमा भाग लिएपछि माधव नेपाल पक्षले पनि वामदेवलाइ शंका गरेको छ । वामदेवले दुइ डुंगामा गोडा राखेको वताउन थालिएको छ ।




