काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् ।
सरकारले भदौ २३ गते संसद अधिवेशन आह्वान गरेका बेला अध्यक्ष प्रचण्डले सभामुख सापकोटालाई भेटेर छलफल गरेका हुन् ।
लैनचौर स्थित सभामुख निवासमा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटा बिच बेलुका ५ बजेदेखि झण्डै आधा घण्टा छलफल भएको हो । छलफलको विषय भने सार्वजनिक गरिएको छैन । तर सभामुख सापकोटासँग संसद बैठकका एजेण्डाबारे छलफल भएको जनाइएको छ ।




