काठमाण्डाैं । सुदूरपश्चिममा भीम रावललाइ नराम्राे झडका लागेकाे छ।माधव समुह छाडेर नेकपा एमालेमा प्रवेश गरेका रावलकाे गृहमजिल्ला र भेगमा उनकाे दल निकै कमजाेर भएकाे छ । सुदुर पश्चिम प्रदेश सभामा माधव नेपालले नेतृत्व गरेकाे नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले भन्दा ठूलो दल भएको छ। नेता नेपालकाे दल एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभाका १३ सांसदकाे साथ पाएपछि याे दल सवैभन्दा ठुलाे दल भएकाे हाे । साेमवार समेत गर्दा कुल १३ सांसदले नेता नेपालकाे पक्षमा सनाखत गरेका छन । ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए। १३ सांसद एकीकृत समाजवादीमा गएपछि एमालेसँग १२ सांसद् मात्रै छन्।
साेमबार सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १ जना मन्त्री सहित थप ३ जनाले सनाखत गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा आज सनाखत गरेका हुन्।
यसअघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। यसअघि प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए।




