काठमाण्डाैं । नेकपा एमालेबाट राजीनामा दिएका उपाध्यक्ष वामदेव गाैतम माथि उनकै गृहजिल्ला प्युठानका युवा नेता सूर्य थापाले कडा झटाराे हानेका छन।
एमालेबाट राजीनामा दिएलगत्तै उनले वामदेव गाैतमलाइ मतिहिन भनेर दाेषाराेपण गरेका छन।केपी अेाली प्रधानमन्त्री हुँदा सल्लाहकार वसेका थापाले गाैतमलाइ विभाजनकाे पक्षमा लागेर अब नाश हुन लागेकाे भनेका छन।
गत निर्वाचनमा वामदेवलाइ मत नै नहालेका थापाले वामदेवकाे वारेमा यसरी टिप्पणी गरेका छन-चुनाव हारेपछि जाेईपाेईलाई नै सांसद, विधान संशोधन गरी पार्टी उपाध्यक्ष र भैसेपाटी गठबन्धन गरी आफ्नै पार्टीको सरकारविरुद्ध प्रचण्ड-नेपाल-काजीकाे मुंङ्ग्राेका रूपमा दुरूपयाेग हुँदै जाँदा अन्तत: विभाजनकाे पक्षमा नाश हुनु नै थियाे! मानिस असान्दर्भिक-मतिहीन हुँदैजाँदा यस्तै त हुने हाे।




