काठमाण्डाैं। जाँदाजादै वामदेव गाैतमले एमाले अध्यक्ष केपी अेालीलाइ जिवनभर पुग्नेगरि ८ गम्भीर अभियाेग लगाएका छन।२०५४ सालमा एमाले विभाजन हुदा माले वनाएका गाैतमले यसपटक फेरि अध्यक्ष केपी अेालीलाइ गम्भीर भन्दा पनि संगीन दाेष लगाएका छन।
वरिष्ठ नेता माधव नेपालले नयाँ दल वनाएकाे ताेड सहदै गरेका केपीलाइ वामदेवले जिवनभर पुग्नेगरि कडा अभियाेग लगाएका हुन। वामदेवले पार्टी कार्यालयमा पुगेर विधिवत रूपमा राजीनामा वुझाएका छन।उनले वझाएकाे राजनीनामा पत्रमा वुदागत रूपमा दाेष लगाइएकाे छ।उनले राजीनामा सुरूकाे वाक्य मै विना कुनै भुमिका नवाैं महाधिवेशनकाे राजनीतिक कार्यदिशा कहिल्यै पनि पालना नगरेकाे उल्लेख गरेका छन।ब्यक्ति वामदेव गाैतम एमाले जस्ताे दलकाे लागि खास महत्व नहुन सक्छ तर नेता वामदेव गाैतम एउटा व्राण्ड हाे जसलाइ एमालेले गाैंडा गाैंडामा भुल्नेछ।यसैले उनले राजीनामा अन्तिम वाक्यमा लेखेका छन-फेरि पनि तपाइसंगकाे चार दशक लामाे मित्रताकाे कारण अब उप्रान्त पनि हामी दुइ विचकाे सम्वन्ध मित्रततापुर्ण रहाेस भन्ने अपेक्षा छ।
उनले यसाे भनेर विट मारेका छन र एमालेसंगकाे यात्रा पनि टुंग्याएका छन। चार दशक लामाे सम्वन्ध र एमाले वनाउन खेलेकाे भुमिका नेता गाैतमले स्मरण गरेका छन राजीनामापत्रमा।एउटा नेताले सपाट र सिधा भाषामा लेखेकाे याे राजीनामा लामाे समय नेपाली राजनीतिमा चर्चाकाे विषय पक्कै वन्नेछ।याे यसकारण पनि चर्चामा रहनेछ कि उनले सुरूकाे वाक्य र अन्तिम वाक्य जति मार्मिक लेखेका छन त्याे भन्दा कडा र सुत्रवद्ध भएर केपी अेाली माथि शिष्ट भाषामा कडा दाेष लगाएका छन।एउटा पार्टीकाे अध्यक्ष यी दाेषकाे भारी वाेकेर वृद्ध शरिर लिएर पार्टी हाँक्न कसरी सक्षम रहला ?
नेता गाैतमले एमालेबाट,उपाध्यक्ष पदबाट सवैबाट राजीनामा दिएका छन।उनले राजीनामा पत्रकाे अन्तिम हरफ भन्दा माथि लेखेका छन-तपाइले सम्माननीय राष्ट्रपतिज्युलाइ समेत आफनाे स्वेच्छाचारी नीति र निर्णय कार्यान्वय गराउन दुरूपयाेग गर्नुभयाे।राजीनामाकाे पुर्ण विवरण यस्ताे छ।





