काठमाण्डौं । मंगलवार र वुधवार दुइ दिन लगातार नेपाली कांग्रेसको संस्थापन इतरको वैठक वस्यो । यी दुवै वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलको जोड सभापतिको मात्र भएपनि उम्मेदवार तय गरौं भन्ने नै थियो । तर,उनी वोहराटारमा रहेको आफनै निवास वैठकमा मात्र होइन वुधवार वानेश्वरमा भएको छलफलमा पनि पौडेल आफनो एजेण्डामा सहमत गराउन अन्य नेताहरुलाइ सफल भएनन । उनी वरिष्ठ नेता भएको जिकिर गरिरहे र सवैलाइ सहयो गर्न अपिल पनि गरिरहे तर सभापतिका आकांक्षी कसैले पनि पौडेललाइ सभापतिको उम्मेदवार वनाउन मानेनन । वैठक माथि वैठक गर्दा पनि सहमति हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले एक्लै आँटेर सभापतिको उम्मेदवारी घोषणा गर्ने सुर कसेपनि अन्त्यमा पछि हटेका छन ।
वुधवार साँझसम्म पुग्दा उनी उम्मेदवारी घोषणा गर्ने तयारीमा थिए तर यसो गर्दा अन्य नेताहरुले असहयोग गरेको खण्डमा असर पर्ने भन्दै उनी पछि हटेका छन । यसैले पौडेलले विहिवार पार्टी कार्यालय सानेपामा विहिवार २ बजे जाने र पत्रकारहरुलाइ प्रश्न सोध्न लगाएर उम्मेदवारीको वारेमा चर्चा गर्ने घुमाउरो वाटो रोजेका छन । पौडेल स्रोतका अनुसार,२ बजे उम्मेदवारी घोषणा गर्ने नै तय थियो तर यसलाइ पछि पत्रकार सम्मेलन नभनीकन पत्रकार सम्मेलन गर्ने तय भयो ।
पौडेल वडा अधिवेशन भन्दा पहिले नै सभापति तय गर्ने पक्षमा छन । उनले सवै नेताले आफुलाइ सहयोग गर्नुपर्छ भन्ने पक्षमा छन । तर कसैले नमानेपछि उनले भिडियो सन्देश जारी गरेर आत्माको पुकार सुन्नु भनेर कार्यकर्ता र आफनो पक्षका नेतालाइ झकझक्याउने कोशिश गरेका छन ।




