रिबन

इश्वरका दुर्दिन सुरू

काठमाण्डौं । नेकपा एमालेका महासचिव हुन–ईश्वर पोखरेल । अध्यक्षपछि उपाध्यक्ष हुने भएपनि शक्तिशाली पद भनेको महासचिव नै हो । तर,नेकपा एमालेको विभाजनबाट पनि जोगिएर फर्किएका भीम रावल सेरेमोनियल पद उपाध्यक्षमा भएपनि ब्यक्तिगत रुपमा उनी सक्रिय नेता हुन । माधव नेपाल तिर भीम रावल लागेकोमा सवैभन्दा खुशी इश्वर पोखरेल थिए ।

एकातिर माधव नेपाल पार्टी छाडेर जानु र उनीसंगै युवा नेता पनि लाग्दा पार्टी विभाजन रोक्न लाग्नुपर्ने महासचिव विभाजनलाइ मलजल हुनेगरि सामाजिक सञ्जाल तताउदै थिए । तर,९ भाइ स्थायी कमिटी सदस्य अचानक एमालेतिर फर्किपछि सवैभन्दा ठुलो छटपटि तिनै महासचिवलाइ भयो जो अबको अध्यक्षको पद ताकेर वसेका थिए । एमाले स्रोतका अनुसार,पोखरेल पार्टी मिलाउन यसकारण लागेनन कि कुचोले बढार्नुपर्ने फोहर हावाले उडायो भनेर मख्ख थिए । तर, उनलाइ एकसाथ दुइ झडका लाग्यो ।एक–भीम रावल सहितका नेता फर्किए ।

दुइ–लुम्विनी प्रदेशको मुख्यमन्त्रीबाट अवकाश लिएर शंकर पोखरेल केन्द्रिय राजनीतिमा हावी हुन थाले।नेकपा एमालेमा यतिवेला केपी ओलीपछिको नेता को हो ? भनेर भित्र भित्र बहश चलिरहेको छ । यो बहशमा महासचिव भएकैले अब स्वभाविक उम्मेदवार म भनेर पोखरेलले आन्तरिक दावेदवारी प्रस्तुत गरेका छन । तर,उनको नाम कसैले नलिएपछि अन्तत सोमवार उनले एक सार्वजनिक समारोहमा अबको अध्यक्ष भनेर आफुलाइ उभ्याएका छन । केपी ओली सरकारबाट लज्जास्पद तरिकाबाट बर्हिगमन हुनुपर्दा समेत असजिलो नमानी वसेका पोखरेल अध्यक्ष पद नै ताकेपछि पुन अध्यक्ष हुन लागिरहेका केपी ओली मात्र होइन,भीम रावल देखि शंकर पोखरेलसम्म शशंकित भएका छन ।

एमाले स्रोतको कुरालाइ विश्वास गर्ने हो भने अध्यक्ष ओली आफुपछि इश्वर नभइ शंकर पोखरेलाइ पार्टी नेतृत्वमा ल्याउन चाहन्छन । उनले एकपटक पुन अध्यक्ष हुने र महासचिव शंकर पोखरेललाइ वनाउने तय गरेका छन । यस्तो अवस्थामा इश्वरको अवस्था के हुने भन्ने सवाल खडा हुन्छ । यहि भेउ पाएर आफनो स्थान खोसिन लागेको देखेर नै इश्वर पोखरेलले सोमवार मुख खोलेका हुन । तर,भुल्न नहुने कुरा के हो भने एमाले अब जबसम्म ओलीले चाहन्छन तबसम्म अध्यक्ष भइरहन्छन ।

इश्वर पोखरेलले भुल्न नहुने कुरा के हो भने–म प्रधनमन्त्री वन्न चुनाव लडन लागेको हो भनेर वर्दियामा गरेको सानो भाषणका कारण वामदेव गौतमको राजनीति नै धरापमा परयो । र,उनलाइ यो जोखिमपुर्ण अवस्थामा पुरयाउने अरु कोही नभएर केपी ओली हुन । यसैगरि पोखरेलले सोमवार मुख खोलेका छन र अब मुख अमिलो वनाएर जसरी माधव नेपाल पार्टीबाट निस्कनु परयो उसैगरि अब पोखरेलले पार्टीमा लज्जास्पद अवस्थाको सामना गर्नुपर्नेछ । अबका दिन उनका लागि निकै कठिन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *