काठमाडौँ । नेपालमा थप १८५७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १५१६ र एन्टीजेन परिक्षणबाट ३४१ गरि कुल १८५७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२२२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ३४६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९४०९ पिसिआर र ३७६७ नमुना एन्टीजेन परिक्षण गरि कुल १३ हजार १७६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ८६६ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार ३१ जना रहेका छन् भने होम आइसोलेसनमा ३३ हजार ८३५ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ६१५ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन् ।






