रिबन

थप २४ घण्टामा २०६५ संक्रमित, २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप २०६५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १५७७ र एन्टीजेन परिक्षणबाट ४८८ गरि कुल २०६५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३३७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.६ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले ३३७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८७५२ पिसिआर र ४३६५ नमुना एन्टीजेन परिक्षण गरि कुल १३ हजार ११७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५९९ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ९२३ जना रहेका छन् भने होम आइसोलेसनमा ३४ हजार ६७६ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ६२२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।

त्यस्तै छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *