रिबन

ओलीकाे याेजना असफल,माधव समुहमा थपिए यी नेताहरू

काठमाण्डाै‌ । माधव नेपाल समुहमा थप नेताहरू सामेल भएका छन । एमाले विभाजनमा कतै नखुलेका तीन नेताहरु मंगलबार माधव नेपालको नयाँ पार्टीमा सामेल भएका हुन । केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, प्रदेश १ का सांसद राजन राई र संघीय सांसद शारदा भट्टको नाम मंगलबार आयोगमा थप गरिएको हो। यसअघि उनीहरु माधव नेपालकै क्याम्पमा भए पनि पार्टी दर्ताका लागि निवेदन दिँदा माैन बसेका थिए। तीनजना थप गर्न मंगलबार राजेन्द्र पाण्डे र राजन राई निर्वाचन आयोग पुगेर पुनः चन्द्रागिरि फर्किएका छन्।

यससँगै माधव नेपालको पक्षमा लाग्ने एमालेका ३२ सांसद र ६० जना केन्द्रीय सदस्य भएका छन्। ती मध्ये ४६ जना सोमबार साँझ चन्द्रागिरी पुगेका थिए। केही मंगलबार बिहान पुगेका छन्।

एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ ।

एमाले निर्वाचन आयोगका प्रमुख अग्नि खरेलले आयोगमा पुगेर हस्ताक्षर नगरेकाको सनाखत नलिन र कारवाहीमा परेका १४ जनाको समेत हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् ।

केन्द्रीय सदस्य प्रदीप नेपाल र खगेन्द्र चुँडाल भने बिरामी भएकाले चन्द्रागिरिको बैठकमा सहभागी भएका छैनन्। बुधबार आयोगले सनाखतका लागि बोलाएपछि दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) का नेताहरु नियमावली, विधान र घोषणा पत्रबारे छलफलमा जुटेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *