समाचार

गाइजात्राकाे अघिल्लाे दिन नै वामदेवकाे ‘गाइजात्रा’ !

काठमाण्डाैं । साेमवार नेपालमा गाइजात्रा मनाइनेछ। आफन्तजन गुमाएका स्वजनले गाइकाे प्रतिमा बनाएर जात्रा निकाल्ने चलन छ। याे हाम्राे परम्परा पनि हाे र संस्कृति पनि हाे।

तर,राजनीतिक ब्यवस्था कडा भएकाे पञ्चायतकालदेखि गाइजात्रा केवल सांस्कृति पर्व मात्र रहेन,याे जवर्जस्त हास्यब्यग्य प्रहारकाे गर्ने जाेडकाे पर्व वन्याे।लाेकतन्त्र वहालीपछि वाक स्वतन्त्र छ तर गाइजात्राकाे मज्जा कहाँ ? यसैले अहिले पनि गाइजात्रा राजनीतिक विकृति,विसंगति माथ परिहास गरेर मनाइन्छ।

गाइजात्राकाे ठीक अघिल्लाे दिन अर्थात आइतवार याे काेभिडले ग्रस्त भएकाे गाइजात्रालाई जीवन्त बनाउन नेपाली राजनीतिका स्थापित नेताले एउटा नयाँ चरित्र स्थापित गरिदिएका छन। ती पात्र वामदेव गाैतम हुन र उनले स्थापित गरेकाे चरित्र भनेकाे अस्थिरता र ढुलमुलेपन हाे। हक्की स्वभावका वामदेव गाैतम परिणाम विचार नगरि कदम चाल्ने नेता भनेर चिनिन्थे। उनकाे यहि स्वभावलाई हेरेर जब मदन भण्डारी एमालेकाे महासचिव भएका थिए तब भनेका थिए-अेालीलाई पार्टी दिए लुलाे हुन्छ,वामदेवलाई दिए धुलाे हुन्छ।

आज वामदेवकाे धुलाे पार्न सक्ने क्षमता त रहेन तर त उनी यति सम्झाैतापरस्त लाेभी र स्वार्थी नेता भएका छन कि वामदेव अब ब्यक्ति भएनन याे चरित्र र प्रवृति बनेकाे छ। तीन दिन अघि मात्र वक्तब्य नै जारी गरेर-म माधव नेपालतिर लागें भनेका वामदेवले आइतवार भनाइ सच्याएका छन। तीन दिन अघि माधवतिर लागेका वामदेव गाइजात्राकाे अघिल्लाे दिन म एमालेतिरै छु भनेर सचिवालय मार्फत वक्तब्य जारी गरेर बसेका छन। उनले याे कुरा त्यतिवेला सार्वजनिक गरेका छन जुनवेला माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर मन्त्रीकाे काेटा टुंगाे लगाएका छन।

हप्ता दिन पनि टिक्न नसक्ने निर्णय गरेर वामदेव गाैतम नेपाली राजनीतिमा फेरि एक पटक हास्यकाे पात्र भएका छन। गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। जब माधव नेपाल र केपी अेालीकाे बीचम मनमुटाव भयाे तब एकता अभियान भनेर पार्टी एकताकाे लागि पहल गर्छु भन्दै कतैपनि नलागी उनी बसेका थिए।र,पछि केपी अेालीले डाकेकाे बैठकमा गएर उनैकाे विराेध गरेर फर्किए।लामाे समय केपीकाे ढाेकामा बसेका वामदेवले तीन दिन अघि केपीकाे ढाेका नाघेर माधवकाे घर पसे।उनले आफू माधवतिर लागेकाे प्रमाण पेश गर्न उनका एक मात्र केन्द्रिय सदस्य हरि पराजुलीलाइ माधवकाे पक्षमा हस्ताक्षर गर्न लगाए।तर,मन्त्रीकाे संख्या टुंगाे लगाएकै दिन उनले फेरि एमालेतिर रहेकाे वक्तब्य जारी गरेका छन। अर्थात वामदेव फेरि माधवकाे घरकाे ढाेकामा पुगिसकेका छन।तर के भनिन्छ भने जाे मानिस घरकाे ढाेका वस्छ,उसकाे विश्वास गर्न सकिन्न किनभने उसकाे आउने जाने कुनै टुंगाे हुन्न।कुनैवेलाका किङमेकर वा भनाैं पावरब्राेकर वामदेव आज हास्यकाे पात्र भएका छन।किन ? के काे लागि ? यसकाे पछाडिकाे कारण के हाे ?

वामदेवकाे मनमा ठूलाे लालसा छ। उनलाई केपी अेालीकाे क्याम्पबाट माधवकाे क्याम्पमा ल्याउनमा भूमिका माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे थियाे।उनले माधवकाे क्याम्पबाट उपप्रधानमन्त्री बनाउने बचन वामदेवलाई दिएका थिए। तर,आइतवारकाे मन्त्रीकाे सिट संख्या वाडफाडमा उपप्रधानमन्त्रीकाे कुरा नउठेपछि वामदेव गाैतम विच्किएका छन। जब उनले आफनाे स्थान देखेनन तब उनले तत्काल वक्तब्य जारी गरिहाले। उनले याे पारा त्यतिञ्जेल गर्नेछन जबसम्म मन्त्रीपरिषदले पूर्णता पाउने छैन। यसमा स्थान पाए वामदेव माधवतिर नत्र एकता अभियान भन्दै अेालीतिर लाग्नेछन।

नेकपा एमाले फुट्नुमा केपी अेाली र माधव नेपालकाे जति हात छ त्यति नै हात साे पार्टीमा रहेका एकता अभियान चलाइरहेका ९ जना स्थायी कमिटी सदस्यको पनि छ । यिनिहरूकाे न भाले न पाेथीकाे चालले एमाले याे हालतमा पुगेकाे छ।

पार्टी फुटाउन जिम्मेवार नेताहरूकाे सूची तयार पार्दा वामदेव गाैतमकाे स्थान पनि कम छैन। जहिले पनि स्वार्थ मात्र हेर्ने वामदेवले स्थापित गरेकाे पछिल्लाे मापदण्ड भनेकै निजि स्वार्थकाे लागि जुनसुकै सम्झाैता गर्ने हाे । याे प्रवृत्ति भनेकाे गैरराजनीतिक मात्र हाेइन,विचाैलिया हाे।वामदेव अहिले राजनीतिक नेताबाट विचाैलिया भएका छन। उनले राजनीतिमा भित्रयाएकाे याे विचाैलियापनकाे शिकार नेकपा एमाले मात्र हाेइन,समग्र राजनीतिले दशकाैंसम्म भाेगिरहनुपर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *