काठमाडौँ । नेपालमा थप १९२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १७०२ र एन्टीजेन परिक्षणबाट २१८ गरि कुल १९२० जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२४८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.४ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले ४२१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ९४४३ पिसिआर र ३०७३ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७५१ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार १९६ जना रहेका छन् भने होम आइसोलेसनमा ३५ हजार ५५५ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ६८१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५६६ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी ३९५ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ६१ र ललितपुरमा ११० संक्रमित थपिएका छन् ।
त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ११ हजार ३८ जना सक्रिय संक्रमित रहेका छन् । समा काठमाडौँ जिल्लामा ७ हजार ४२०, भक्तपुर जिल्लामा १४०० र ललितपुर जिल्लामा २२१८ सक्रिय संक्रमित रहेका छन् ।






