रिबन

घनश्याम भुषाललाई गाेकुल वास्काेटाकाे टर्राे जवाफ-वस्नेलाई राडी विच्छयाएकाे फलैंचा, जानेलाई बाटाे’

काठमाण्डाैं। माधव नेपाल समुहमा रहेर अचानक अन्तिम समयमा साथ छाेडेका ११ नेतालाई नेकपा एमाले अध्यक्ष केपी अेाली निकट नेता गाेकुल वास्काेटा टर्राे जवाफ लगाएका छन।

नयाँ दलमा समाहित नभइ पार्टी एकता गर्छाैं भन्दै वक्तब्य जारी गरेर हिंडेका भीम रावल देखि घनश्याम भुषाललाई सम्म उनले शनिवार राती कडा जवाफ फर्काएका छन।यी नेताहरूले अध्यक्ष अेालीलाइ मंगलवारसम्मकाे समय सीमा दिएर पार्टी एक्ताकाे लागि दवाव दिएका थिए।शुक्रवार अलग्गै वैठक वसेका माधव समुह छाडेका ११ स्थायी समितिका नेताहरूले मंगलवारसम्म दस वुदे कार्यान्वयन गर्नुपर्ने,०७५ जे २ मा पार्टी वैठक सञ्चालन गर्नुपर्ने माग राखेका थिए।पार्टी एकता हुन्छ भन्दै उनीहरूले नयाँ दल दर्ता प्रक्रिया सहभागीता समेत जनाएका छैनन।तर,शनिवार राती अेाली निकट नेता वाँस्काेले लेखेका छन-मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ।र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउछ।

उनकाे याे जवाफले अेाली भीम रावल,घनश्यामहरूकाे अघिल्तिर गल्नेछैनन भन्ने प्रष्ट संकेत गरेकाे छ।उनले लेखनीकाे अन्त्यमा लेखेकाे वाक्य यस्ताे छ- सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउछ। अर्थात अल्टिमेटकाे कुनै अर्थ छैन । वस्ने भए एमालेमा ढाेका खुल्ला छ र जाने भए वाटाे खुल्ला छ भनेर उनले यी नेताहरू प्रति कुनै माेहन नराखी वाेलेका छन।यसले घनश्यामहरूले एकता भनेपनि अेाली पक्ष यसप्रति कुनै इच्छुक नरहेकाे देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *