रिबन

सरकारमा माधव समुहको नेतृत्व वामदेवले गर्ने

काठमाण्डौं । पार्टी विभाजनपछि माधव नेपाल समुहमा लागेका वामदेव गौतम सरकारमा मन्त्री भएर जाने भएका छन । उनी माधव नेपाल समुहको नेतृत्व गरेर सरकारमा जाने लगभग निश्चित भएको छ । उनलाइ उपप्रधानमन्त्री दिने तयारी भइसकेको छ । तर,उनले गृहमन्त्रालय भने पाउने छैनन । उनलाइ रक्षा वा अन्य कुनै मन्त्रालय दिने तयारी छ । उनी माधव समुहमा आएपछि उनका एक मात्र केन्द्रिय सदस्य हरि पराजुलीले माधव नेपाल समुहमा प्रवेश गरेर हस्ताक्षर समेत गरिसकेका छन ।

यसपछि अब वामदेव पत्नी तुलसा थापा र माया ज्ञवाली पनि माधव समुहमा आउने निश्चित भएको छ । यी दुइ सांसद माधव समुहमा प्रवेश गरेपछि संसदीय दलमा पनि माधव समुहको २० प्रतिशत पुग्नेछ । सरकारमा जाने पक्का भएपछि नै वामदेव गौतम माधव नेपालसमुहमा आउने निश्चित गरेका हुन । माधव समुहले आफनो मान्छे सरकारका विभिन्न अंगमा प्रवेश गराउन थालिसकेका छन । हालै मात्र रेग विभाग र वागमती प्रदेशमा माधव नेपालले आफु निकटका मानिसलाइ नियुक्ति दिलाइसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *