रिबन

माधवलाइ नै ‘एमाले समाजवादी’ नाम मन परेन

काठमाण्डौं । नेकपा एमालेमा पाच दशक संघर्ष र नेतृत्व गरेका नेता माधव नेपालले फुटाएको नयाँ दलको नाम नेकपा एमाले समाजवादी प्रस्ताव गरिएको छ । निर्वाचन आयोगमा पुगेर माधव नेपाल समुहले एमाले समाजवादी भनेर पार्टीको नाम प्रस्ताव गरेको छ भने चुनाव चिन्ह खुल्ला किताव माग गरेको छ । तर,ठुला दलसंग नाम मिल्ने गरि अर्को दल दर्ता नगर्ने भनेर निर्वाचन आयोग गत साता मात्र निर्णय गरेको थियो । आयोगको यो निर्णय अनुसार,एमालेसंग मिल्ने गरि पुच्छर जोडेर एमाले समाजवादी राख्ने कुरा अवैधानिक हुनेछ । माधव नेपाल विचार समुहमा के नाम राख्ने भनेर जब वहश भयो तब स्वयम माधव नेपालले अर्कै नाम सुझाएका थिए । तर,उनी पक्षधर केही नेताहरुले भने एमाले नै राख्ने अडान लिए ।

उनीहरुले निर्वाचन आयोगले गर्ने निर्णय पछिको कुरा हो तर अहिले एमाले समाजवादी राख्ने पार्टी पुर्नगठन गर्ने भनेर ओली समुह र कार्यकर्तालाइ भ्रमित पार्ने उनीहरुको रणनीति वन्यो । यहि नीति अनुसार एमाले समाजवादी राखियो । माधव निकट स्रोतका अनुसार,यदि आयोगले एमाले समाजवादी र चुनाव चिन्ह खुल्ला किताव दिन मानेन भने नाम नेकपा समाजवादी राख्ने र चुनाव चिन्ह नयाँ अर्कै राख्ने तयारी भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *