समाचार

रेल्वे कम्पनीको महाप्रबन्धकमा सप्तरीका निरन्जन झा नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा सप्तरीका निरन्जन झालाई नियुक्त गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।
झा एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेपछि स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *