रिबन

एमाले फुट्नुमा देउवाको दोष कति ?

काठमाण्डौं । एकै दिन दुई दल विभाजित भएपछि अहिले एकले अर्कोलाई आक्षेप लगाउने क्रम आरम्भ भएको छ । नेकपा एमाले पंक्तिबाट प्रधानमन्त्री शेरवहादुर देउवाले अध्यादेश ल्याएर एमाले टुक्रयाएको आरोप लगाइरहेका छन । उनीमाथि यस्तो आरोप लागिरहेको बेलामा जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर पक्षले भने अध्यादेशको खुलेर स्वागत गरेको छ । एमाले मात्र होइन, बुधवार जसपा पनि फुटेको छ तर प्रश्न के हो भने अध्यादेश दल विभाजन गर्न ल्याएको हो कि विभाजित दललाई कानुनी वैद्यता प्रदान गर्न सहज गरिएको हो ? राजनीतिक संक्रमण अन्त्य गर्न र दलहरु वारम्वार विभाजित नहुन भनेर दल विभाजनसम्वन्धी ऐनमा पार्टीको संसदीय दल र केन्द्रीय समितिमा दुवै तर्फ ४० प्रतिशत भए मात्र दल विभाजनले आधिकारिकता पाउने प्रावधान छ । यसल दल विभाजनलाई रोकिदिएको थियो । यहि प्रावधानले गर्दा दल विभाजित त भएनन तर उनीहरु आपसमा यति धेरै विभाजित भए कि न उनीहरु एक ठाउँमा रहन सक्ने न फुटन सक्ने अवस्थामा पुगे ।

नेकपा हुदै देखिएको विवाद अदालतको माध्यामबाट विभाजित भएपछि बनेको एमाले र माओवादीमा यहि समस्या देखियो । एमालेमा प्रमुख नेताहरु माधव नेपाल र केपी ओलीबीच वार्तालाप हुन मध्यस्तकर्ताको आवश्यकता प‌र्‍याे । यस्तो बेलामा एमाले प्राविधिक रुपमा मात्र एक थियो भन्न सकिन्छ । करिव २ बर्ष देखि यहि किचलो थियो । नेपालका राजनीतिक दलका नेताहरु कुनै पनि समस्याको हल राजनीतिक ढंगबाट आफै खोज्न असफल रहेको धेरै दृष्टान्त छन । यहि कारण उनीहरु उनीहरु कानुनी सहरा लिन थालेका छन । यदि नेकपा विवादमा राजनीतिक समाधान गरेको भए यो झमेला आउने नै थिएन ।

एमालेको विवादमा पनि राजनीतिक समाधानको कोशिश नै भएन । जब राजनीति अप्रभावशाली र नेतामा अति घमण्ड पैदा भयो तब कानुनको आवश्यकता पर्‍याे । खासमा भन्ने हो भने प्रधानमन्त्री देउवाले कोभिडकालमा समेत यो समस्याको हल गर्नेतिर भन्दा पार्टीको विवादमा अलमलिने एमाले र जसपाको सहजताको लागि अध्यादेश ल्याएका हुन । भुल्न नहुने कुरा के छ भने उनले अध्यादेश ल्याएर दल बिभाजन भएको होइन कि विभाजित हुन नसकेर चरम दुश्मनी मोलेर बसेका दलहरुलाई सहजीकरणको लागि आवश्यकताको सिद्धान्त अनुसार अध्यादेश ल्याएका हुन ।

राजनीतिक चश्मा लगाएर हेर्दा देउवाले एमाले फुटदा काँग्रेस बलियो हुने,सरकारले डेढ बर्ष मज्जाले काम गर्न पाउने स्वार्थले प्रेरित भएर यो काम गरेनन् भन्न सकिन्न तर उनी एमाले फुटाउन भनेरै लागेको भन्न चाहि मिल्दैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *