राजनीति

नेकपा एमाले कसले फुटायो ?

काठमाण्डौं । एक साँझ घनश्याम भुषाल केही युवा नेताहरुसंग गफिदै थिए । प्रसंग आयो योगेशको । उनले भने–योगेशले मन्त्री भएर गल्ती गरे । यो मन्त्री हुने समय नै होइन । उनले यसको दुई कारण पेश गरे । एक,रवीन्द्र अधिकारीको निधन पछि सोही मन्त्रालय लिदा त्यो छाप मेट्न नसकिने । दुई,युवाहरु पद र प्रतिष्ठाको भोका रहेछन भन्ने सन्देश जाने । यो वैठक यस्तै वौद्धिक बिलासमा वित्यो । र,त्यहाँ रहेका केही आश गरिएका युवा नेताहरु जे हुनु भइगयो अब योगेशलाई जोगाउनुपर्छ र उनलाई सफल बनाउनुपर्छ भन्ने तय गरेर उठे ।

तर,अचम्म दिन ढल्कदै जादा यिनै युवाहरुको समेत फोन सम्पर्क भन्दा पर रहे योगेश । कुरा यतिमा सकिएन । भुषालले प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई लामो भेट वार्ता गरे । यो कुरा घनश्याम गयाङ्म डढेलो झैं सल्कियो । के कुरा भयो ? भन्ने ठूलो जिज्ञासा भयो र उनीहरु फेरि उसैगरि जुटे । भेटमा घनश्यामले दौतरीलाई भने–साढे दुई घण्टा भेट भयो । यसमध्ये खास कुरा चाहि चार मिनेट भयो भने । अनि वाँकी दुई घण्टा चाहि के गर्नुभयो त ? प्रश्न स्वभाविक थियो । उनले भने–म गएपछि ओलीले कथा सुनाउनुभयो । जेलको कुरा गर्नुभयो । कथा भन्नुभयो । र,अझै उहाँका भन्ने कुरा थुप्रै थिए । र पनि छोटयाएर अन्त्यमा पार्टीमा समस्या छ,बाँकी कुरा फेरि बसेर गरौंला भन्नुभयो । घनश्यामको यस्तो कुरा सुनेर उनका दौतरी युवा हलल्ल हाँसे । तर अचानक एकदिन घनश्याम भुषाल पनि कृषि मन्त्री भए ।

सधैं राजनीतिक दर्शनको कुरा गर्ने भुषाल कृषि मन्त्री किन भए ? कृषिमा उनको विज्ञता र ज्ञान के हो ? उनका साथीसंगी,उनलाई आदर्श मान्ने कसैले बुझेनन । मन्त्री भएपछि सलह ठीक पार्ने संगीत कुरा गरेर हासोको पात्र पनि बने । उनले मन्त्री हुदा के र कस्तो काम गरे भनेर प्रधानमन्त्री रहदै केपी ओलीले भनेको कुराबाटै प्रष्ट वुझन सकिन्छ । उनले भनेका थिए–एउटा विद्धानलाई लौ न त सुधार कृषि मन्त्रालय भनेर दिएको उनी त भागे । तिनै भुषालले माधव नेपालको कान भरे,ओलीले पार्टी एकलौटी पारे, स्वेच्छाचारी भए, यसको विरुद्धमा सैद्धान्तिक विमति र सांगठनिक विमति राख्नुपर्छ भनेर । यसैगरि माधवलाई उचाल्ने अर्का जब्बर नेता थिए–भीम रावल ।

अहिले दिल्लीमा रहेका सुरेन्द्र पाण्डे पनि यहि पंक्तिमा थिए । बरु कम वोल्ने योगेश भट्टराइले पार्टी फुटने तहमा पुगे म माधव नेपालको पक्षमा लाग्दिन भनेका थिए । माधव पक्षमा रहेर स्थायी समितिमा रहेका सेलिव्रेटी युवा नेताको आड माधव नेपाललाई निकै दरिलो थियो । पार्टी मिलाउन भनेर लागेका पनि यिनै नेता हुन । वार्तामै रहेर मन्त्रीको बार्गेनिङ गर्ने पनि यिनै मध्येका हुन । र,माधवलाई विश्वास दिलाउन ओली प्रतिगमनकारी र हामी अग्रमनकारी भनेर कित्ताकाट गर्ने पनि यिनै हुन ।

र,नयाँ दल गठनको लागि दिनभर वानेश्वरको अर्याल होटलमा यिनै सेलिव्रेटीहरुलाई पर्खेर बसे । थोरै बेरको लागि आएका उनै घनश्याम भुषाल एकछिनमा आउछु भनेर निस्किए तर यसपछि आउदै आएनन । बाम भाषामा भन्ने हो भने घासमा लुकेर वसेको हरेउको भूमिका रहे यि नेताहरु । र,आलोकाचो युवा नेता भनेर बेलावखतमा आलोचनाको तारो बनेकी रामकुमारी झाक्री नै यति परिपक्व देखिइन कि अन्य सेलिव्रेटी करिअर जाेगाउन ओलीकाे दासता स्वीकार गर्न तयार हुदा उनी माधव नेपाललाई हात डाेरयाएर हिडिन।राजनीतिक अडानकाे अनुपम नमुना देखियाे बुधवार।

कम्युनिष्टहरुको परम्परागत भाषामा भन्ने हो भने एमाले साम्राज्यवादी, विस्तारवादी, प्रभुत्वशाली र कम्युनिष्टहरु फिजारिएको देख्न नचाहनेले शक्तिले फुटायो भन्नु पर्ने हुन्छ । तर वस्तुवादी भएर हेर्ने हो भने भीमकाय नेकपा ओलीको अहं,इगो र देखाइदिन्छु भन्ने घमण्डको सामना गर्न नसकेर चुर चुर भएको छ ।


अब रहयो कुरा,फुटेको माधव नेपालको एमाले समाजवादीको हालत के होला ? इतिहास साक्षी छ–फुटेर जाने दलले चुनाव जितेको रेकर्ड छैन । माधव नेपालको हालत पनि यस्तै हुन सक्छ,यदि कांग्रेस वा माओवादीसँग तालमेल भएन भने । तर,केपी ओलीको हालत पनि जगमगाउदो भने हुने छैन । ध्यान दिनुपर्ने कुरा के छ भने माधव नेपाल समूह जित्न सफल नहोला तर केपी ओलीलाई हराउन भने सक्षम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *