रिबन

ओलीकाे ‘निम्छराे’ र मात्रिकाकाे ‘मेन्टली इल’ दुवैले संसदमा ववण्डर !

काठमाण्डौं । केपी ओली प्रधानमन्त्री थिए । संसदमा सम्वोधन गर्दागर्दै उनले अचानक निम्छरो शब्द वोले । सांसदलाइ निम्छरो भन्ने ? भन्दै तत्कालिन विपक्षी दल नेपाली कांग्रेसले हंगामा गरयो । सभामुख थिए–कृष्णवहादुर महरा । यहि शब्द वोले वापत प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्ने कांग्रेसको अडान थियो तर ओलीले माफी नमागी विदेश भ्रमणमा निस्किए । उनी फर्कने दिन नै सभामुख महराले संसदको रेकर्डबाट निम्छरो शब्द हटाउन निर्देशन दिए । संसद शान्त भयो तर प्रधानमन्त्री आगो भए । महरा र ओलीको मनमुटावको यो एउटा कारण पनि थियो । यस्तै भयो विहिवारको संसदमा ।

उग्र स्वभावका माओवादी केन्द्रका सांसद मात्रिका यादवले विहिवार प्रतिनिधिसभाको वैठकमा पुर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीलाइ मेन्टली,फिजिकल्ली फिट हुनुहुन्न भनेका थिए । उनको यो अभिब्यक्तिले संसदमा हंगामा गरायो । विहिवार मात्र होइन,शुक्रवारको संसदको वैठकमा समेत यो विषयले माहौल गरम वनायो । शुक्रवार जब सदन चल्यो तब एमाले प्रमुख सचेतक विशाल भटटराइले सांसद यादवको भाषा र आशय असंदीय भयो भनेर नियमापत्ति गरे । उनले भने–एक सांसदले अर्को सांसदलाइ यदि यसैगरि गालीगलौज र निम्छरा शब्द प्रयोग गर्ने हो भने यो संसदको गरिमा के रहन्छ ?यसैले यो शब्द संसदको रेकर्डबाट हटाउनुपर्छ ।
उनले यसो भनिरहदा विपक्षी दल नेकपा एमालेका सांसदहरु उत्तेजित भइसकेका थिए । माहौल तात्दै थियो । पुर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग समेत मेचबाट उठेका थिए । माहौल अलि गम्भीर हुन थालेपछि सभामुख अग्नि सापकोटाले अन्त्यमा वातावरणलाइ सामान्यीकरण गर्न सांसद यादवले वोलेका वाक्य संसदको रेकर्डबाट हटाउन आदेश दिए ।

संसदीय लोकतन्त्रमा संसदमा भित्र वोल्दा एक सांसदले अर्को सांसदलाइ सिधै नाम काढेर प्रश्न गर्न,आक्रोश पोख्न समेत पाउदैन । यी सवै काम सांसद होस मन्त्रीले सभामुख मार्फत नै गर्नुपर्छ । स्वयम सभामुखले सांसदलाइ वोलाउदा समेत माननीय सांसद भनेर वोलाउँछन भने सांसदहरुले सम्माननीय भन्दछन ।

संसदको मर्यादा राख्ने काम सभामुखको हो । सांसदलाइ रिस उठयो भनेर एकले अर्कोलाइ भन्न त औंलो ठडयाउन समेत पाउदैनन । तर,विहिवार सांसद यादवले पुर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीलाइ मेन्टली फिट हुनुहुन्न भनेर उनको मानसिक अवस्था ठिक छैन भने । सोझो भाषामा भन्ने हो भने यसो भनेको पागल वा सिल्ली भनेका हो । के एमाले संसदीय दलका नेता यस्ता छन त ? के उनी मानसिक रोगी भएको चिकित्सकको प्रमाण छ ? यदि उनी मानसिक रोगी छन भने प्रधानमन्त्री त के सांसद समेत हुन पाउदैनन । यति सामान्य कुरा जान्दाजान्दै पनि संसद जस्तो सार्वभौम थलोमा यादवले किन यति गम्भीर कुरा वोले त ? के उनी मानसिक रोग विशेषज्ञ हुन ? होइनन ।

यद्यपि उनी वोले । यसको सिधा मतलब हो राजनीतिमा आफुले वोलेको कुराको जिम्मा लिनु नपर्ने,राजनीतिक आरोप जसले जसलाइ जे भनेपनि हुने संस्कारको विकास हुनु हो । तर अन्यत्र जे वोलेपनि संसदमा भने यसो गर्न पाइन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *