काठमाण्डाैं।प्रधानमन्त्री शेरवहादुर देउवाले नेपाल विधुत प्राधिकरणकाे कार्यकारी प्रमुखमा कुलमान घिसिङलाइ नियुक्त गर्न निर्देशन दिएका छन।उर्जा मन्त्री पम्फा भुषाललाइ प्रधानमन्त्री कार्यालयमा वाेलाएर प्रधानमन्त्री देउवाले यस्ताे निर्देशन दिएका हुन।
कुलमान पुन कार्यकारी निर्देशक वनाउन नियमले मिल्दैन भनेर अघिल्ला प्रधानमन्त्री केपी अेालीले हितेन्द्र शाक्यलाइ प्राधिकरणका जिम्मेवारी दिएका थिए।तर उनकाे कार्यकालमा प्राधिकरण निरन्तर घाटामा जान थालेकाे,चुहावट वढन थालेकाे पाइएपछि प्रधानमन्त्री देउवाले मंगलवार यस्ताे निर्देशन दिएका हुन।
उर्जा मन्त्री भुषालले शाक्यले राम्राे काम गर्न नसकेकाे व्रिफिङ प्रधानमन्त्री देउवालाइ गरेकी थिइन।यसअघि प्रधानमन्त्री देउवा र माअेावादी अध्यक्ष पुष्पकमल दाहालविच पनि कुलमानलाइ जिम्मेवारी दिने सहमति भइसकेकाे थियाे।
कुलमान चार बर्ष काम गर्दा नेपाललाइ लाेडसेडिङमुक्त गरेका थिए भने प्राधिकरणलाइ नाफामा लगेका थिए।
सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाले कुलमानलाइ नियुक्त गर्न निर्देशन दिएकाे थाह पाएपछि उनी सुध्रिएछन भनेर प्रशंशा गर्न थालिएकाे छ।यसअघि मन्त्रीपरिषद विस्तार गर्न नसकेकाे,दार्चुला घटनामा भारतसंग अडान लिन नसकेकाे भनेर उनकाे विराेध हुन थालेकाे थियाे।




