विचार

भित्ताको तस्वीर,राजनीति र सिरिया

विश्व राजनीतिमा १० वर्षदेखि एउटा युद्दको घटनाले निरन्तर ताण्डवता देखाई रहेकोछ । सन २०११ देखि अहिले सम्म पनि टुङ्गो नलागेको सिभिल वारको सुरु केवल एक भित्तामा कोरिएको सानो चित्र र अक्षरले सुरु भएको हो । जसका कारण आज सिरिया भोकमरी, पलायन र गरिबिको चपेटामा पिल्सिएको छ ।

झन्डै ५ लाखको मृत्यु, लाखौ घाइते अनि पुरै सहर तहशनहस हुने गरि चर्किएको युद्दको सुरु एक १४ वर्षीय बालकको रेडियो सुन्ने बानिले उदय भएको भन्दा फरक नपर्ला ! सिरियाको देह्रा सहरको एउटा स्कुले बालक मुहबिया सियास्नेलाई बच्चैदेखि रेडियो सुन्ने बानी लागेको थियो ।

सन २०११ तिर अरब स्प्रिङको समय रेडियोले जतिबेला नि पुर्वी अरब मुलुकको तानाशाह ढलेको समाचार प्रशारण गथ्र्यो ।

अरब स्प्रिङको पहिलो सफलता ट्युनिशियाको २३ वर्षे शासनको अन्त्री सङ्गै सुरु भयो । दोस्रोमा इजिप्ट्को शासक हुस्नी मुबारकको गद्दी त्याग भयो । यसरी नै तेस्रो सत्तापक्षको हारमा लिबियाको मोहमद गदाफिको शासन अन्त्य भयो । यो सब घटना रेडियोमा सुनेको त्यो १४ वर्षीया बालकलाई अब आफ्नो मुलुकमा पनि करिब ४० वर्षदेखि चलिरहेको निरङ्कुश शासनको अन्त्य हुनुपर्छ भन्ने लाग्यो । करिब ३० वर्षको शासनपछि सन २००० मा राष्ट्रपति हाफिज अल हसदको मृत्युपछि उनको छोरो बसर अल हसद सत्तामा आए । बाबुको तानाशाहबाट आजित जनता छोरा त नयाँ जमानाको छ,पढेको छ डाक्टर हो यस्तो निरङ्कुशता नलाद्ला भनेर खुसी थिए । तर यी केवल सपना भए । उनले पनि आफ्नो पिताको गुण देखिइहाल्यो । केवल शासक फेरिए । त्यहाँको जनसमस्या र भविष्य उस्तै रह्यो ।

यो सबै घटना नियालेर बसेको त्यो बालकले पनि अब आफ्नो शैलीमा बिरोध गर्ने योजना बनायो र आफ्ना स्कुले दौतरिसङ्ग खाजा खान छुट्ट्याएको पैशाले रङ्ग र रुस किनेर आफू पढेको स्कुलको पर्खालमा एउटा चित्र कोर्यो । तल लेखिदियो इट्स योर टाइम डक्टर । त्यसको केही दिनमै यो कुरा सहरमा फैलियो र त्यहाको सैनिक प्रमुख अतिफ अख्खजको कानमा पुग्यो । उनी राष्ट्रपतिको आफन्त थिए । उनलाई यो सह्य भएन । उनले त्यो लेख्ने मान्छे खोज्न थाले । कोही अगाडि नआएपछि स्कुलको सबै बालकलाई जेलमा राखेर एक हप्तासम्म यातना दिइयो । परिवार भेट्न जादा बच्चा अर्को जन्माउ भनेर फिर्ता पठाउथे । जनतामा अब बिरोधको सुरु भयो । यसरी सन २०११ मार्च २ बाट खुलेर आन्दोलनको घोषणा भयो । प्रहरिको दमन र जनताको आट बीच ठूलै लडाइ सुरु भयो । यो आन्दोलन बिस्तारै राजधानी दमसकससम्म फैलियो । यस बीचमा अल हसदले बच्चाहरुलाई रिहाइ गर्ने घोषणा गरे । तर, जब बच्चा जेल बाहिर आए कोही आफ्नो खुट्टाको बलमा हिड्न सक्ने थिएनन । शरिरभरी चोट देखेर जनतामा अझ आक्रोश फैलियो ।


यो सब देखेर सत्तालुप्त बसर अल हसदले सैनिक कफ्र्यु जारी गर्दिए । तर पनि जनता आन्दोलनमा उत्रिए र सामना गर्न खोजे । अटोमेटिक हतियार र सेनाको बलको अगाडि कसैको केही लागेन । जनता मारिन थाले । यसैबीच सिरियन आर्मिको एउटा गुट तयार भयो । फ्री सिरियन आर्मी । जसले आन्दोलनकारिको साथ दिएर सरकारको बिरुद्ध हमला बोल्यो र सुरु भयो सिरियन युद्ध जुन आजसम्म पनि चलिरहेको छ । आजसम्म सिरियामा ८०५ मानिस घरबार बिहिन भए । ५लाख मारिए । लाखौ बेपत्ता र अपाङ्ग छन ।

यसरी एउटा चित्र र केही अक्षरले सिरियाको यस्तो हालत भयो । भनिन्छ तस्बीर कि अति राम्रो काम गर्नेको छापिन्छ कि त केही नगर्नेको छापिन्छ । नेपालमा पनि अहिले एउटा भित्ते चित्रको घटना भाइरल भैरहेको छ । कामनपा भित्रको आकाशे पुलको भित्तामा केही कलाकारले कोभिडको समयमा फ्रन्टलाइनमा बसेर सेवा गर्ने विभिन्न पेशाकर्मीको तस्बीर कोरेका थिए ।


जसले उनीहरु प्रति सम्मान र हौसला बढाउन मद्दत मिलेको थियो । तर यो महानगरका कुरुप बिचारधीन मेयर विद्यासुन्दर शाक्यलाई भने आखोको कसिन्ङर भएछ र उहाले मेट्न लगाउनु भएछ । जसरी सिरियामा एउटा अक्षरसङ्ग शासक डराएका थिए । त्यस्तै मेयरसापलाई पनि डर लागेको जस्तो छ ।

कि त मेरो पनि तस्बीर छापिनु पर्यो भन्नू हुन्छ भने छापौला तर निकम्मा मेयर लेखेर छापौला । होइन भने प्रमले काठमाडौको प्रत्येक पोलमा आफ्नो फोटो झुन्ड्याउदा सहर कुरुप नलाग्ने तिमिलाई अहिले सहरको सौन्दर्याताको यति बिघ्न चिन्ता किन ? तिमी त भित्ता भित्तामा कम्युनिष्ट नारा कोरेर आन्दोलन गथ्र्यौ अहिले यो नाटक केका लागि । के सम्मानका लागि कोरिएका ति चित्रले तिमिलाई लाज लागेको हो ? यदि हो भने थोरै सेतो रङ्ग जोगाएर राख जसरी त्यो तस्बीर छोपेका छौ त्यसरी तिम्रा लाजलाई छोप । होइन भने तिमिले सम्मान नदिएका ति तमाम सहयोगी पेशाकर्मीलाई जनताले दिएको सम्मान सहितको चित्राङ्कन मेट्ने कोसिस नगर्नु । अब जे बोल्छ तस्बीर बोल्छ तिम्रा पनि तस्बीर कोरिएला अनि त्यसको कस्तो अर्थ लाग्छ हेर्दै जाउँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *