रिबन

माओवादी केन्द्र छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त (सूचिसहित)


नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको छ।
निर्वाचन आयोगले शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । उनीहरु माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो। त्यसअघि नै माओवादीले दल त्याग गरेकाहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत कारबाही गरेर आयोगमा बुझाएको थियो । तर, आयोगले एकल निर्णय नमान्ने भन्दै केन्द्रीय कमिटीको निर्णय मागेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *